Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

शेयर बजार ५८ अंकले बढेर २१ सय विन्दुमाथि

admin २०८० फाल्गुन २९ गते
सेयर:

बैंकिङ खबर/शेयर बजार आज उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ५८ दशमलव ५८ अङ्कले बढेर दुई हजार एक सय ११ दशमलव २४ विन्दुमा पुगेको छ ।

आज सबै समूहको शेयर बढेकोमा बीमा समूह, होटल तथा पर्यटन, माइक्रोफाइनान्स, उत्पादन तथा प्रशोधन, विकास बैंक समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।

आज जनउत्थान सामुदायिक लघुवित्त, उन्नति सहकार्य लघुवित्त, वीन नेपाल लघुवित्त, स्वाभिमान लघुवित्त, जालपा सामुदायिक लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । बजार उच्च अङ्कले बढेको दिन हिमालयन बैंकको म्युचल फन्ड (८०–२०) भने साढे दुई प्रतिशतले घटेको छ ।

आज एक करोड छ लाख कित्ता शेयर चार अर्ब ५५ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै शिवम् सिमेन्ट्सको ३७ करोड १९ लाख रुपैयाँको शेयर किनबेच भयो ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।