
बैंकिङ खबर/चालू आर्थिक वर्षको ७ महिना अवधिमा शोधनान्तर स्थिति अर्थात् भुक्तानी सन्तुलन २ खर्ब ९७ अर्ब ७२ करोडले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १खर्ब २८ अर्ब ५५ करोडले बचतमा रहेको थियो।
अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ९७ करोड ५७ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा २ अर्ब २४ करोडले बचतमा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।
चालू आर्थिक वर्षको ७ महिनामा चालु खाता १ खर्ब ६१ अर्ब ६९ करोडले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ४० अर्ब १६ करोडले घाटामा रहेको थियो।


