March 8th, 2024

सर्वोत्तम सिमेन्टको आईपीओ बाँडफाँड, यसरी हेर्नुहोस् रिजल्ट

बैंकिङ खबर/सर्वोत्तम सिमेन्टको आईपीओ बाँडफाँड भएको छ। कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले मागभन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन नियमावली अनुसार गोलाप्रथा प्रक्रियामार्फत कम्पनीको आईपीओ बाँडफाँड गरेको हो।

कुल ९ लाख ६० हजार ३०१ जनाले ५ करोड ६ लाख १३ हजार ३६० कित्ता शेयरका लागि आवेदन परेको थियो । जसमध्ये ९ लाख ५८ हजार ९५९ आवेदन स्वीकृत भएको छ भने १ हजार ३४२ आवेदन रद्द भएको छ ।
यसमा गोलाप्रथामार्फत ५५ हजार ५२१ जनाले सेयर हात पारेका छन् । जसमध्ये २६ जनाले ५१ कित्ता र बाँकीले ५० कित्ताका दरले सेयर पाएका हुन् ।

कम्पनीले बिल्डिङ विधिअनुसार मूल्य तय भई प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाका दरले फागुन १३ देखि १६ गतेसम्म सर्वसाधारणलाई आईपीओ खुला गरेको थियो । सर्वोत्तम सिमेन्टले फागुन १३ देखि १६ गतेसम्म सर्वसाधारणमा स्थानीय बासिन्दाहरुका लागि निष्काशन गरेको अवितरित ६ लाख ८१ हजार ५३० कित्ता सहित कुल २७ लाख ७६ हजार ७६ कित्ता आईपीओ निष्काशन तथा बिक्री खुला गरेको थियो । लगानीकर्ताले न्यूनतम ५० कित्ताका लागि १८ हजार ४५ रुपैयाँदेखि अधिकतम १० हजार कित्ताका लागि ३६ लाख ९ हजार रुपैयाँसम्मका लागि आवेदन दिन पाउने व्यवस्था थियो ।
आइपीओको नतिजा केहि समयपछि प्रकाशन हुनेछ । नतिजा प्रकाशन भएपछि विभिन्न ३ तरिकाबाट नतिजा हेर्न सकिने छ। जस अनुसार बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको वेवसाइड https://www.globalimecapital.com/, सिडीएससीको मेरोशेयरको वेबसाइट meroshare.cdsc.com.np/#/login, सिडीएसले आइपीओको लागि संचालन गरेको वेबसाइट iporesult.cdsc.com.np/ बाट नतिजा हेर्न सकिने छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]