Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

शाइन रेसुंगा डेभलपमेन्ट बैंकको बोनस सेयर डिम्याट खातामा जम्मा

२०८० फाल्गुन २२ गते

बैंकिङ खबर/ शाइन रेसुंगा डेभलपमेन्ट बैंकले १०.५० प्रतिशत बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा गरिदिएको छ । बैंकले गत मंसिर १० गतेसम्म सेयर डिम्याट गराएकाहरुको बोनस सेयर खातामा पठाइदिएको हो ।

अहिलेसम्म पनि डिम्याट नगरेकाहरुले खातामा बोनस सेयर पाउनका लागि पहिला आफूसँग भएको भौतिक प्रमाणपत्र डिम्याट गर्नुपर्नेछ । अनिमात्र बोनस जम्मा गरिने बैंकले बताएको छ । बैंकको मंसिर २३ गते सम्पन्न साधारण सभाले १०.५० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।