March 4th, 2024

बैंक वित्तीय संस्थाका कर्मचारीमाथि दुर्व्यवहार गर्नेलाई बर्दिया प्रशासनले कारबाही गर्ने

बैंकिङ खबर/ बैंक वित्तीय संस्थाका कर्मचारीलाई धम्की दिने तथा दुर्व्यवहार गर्ने व्यक्तिहरुलाई बर्दिया जिल्ला प्रशासन कार्यालयले कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । जिल्लामा पछिल्ला समय केही ब्यक्तिहरुले बैंक वित्तीय संस्थाका कर्मचारीहरुलाई धम्कि दिने जस्ता गतिविधि गरिरहेको भन्दै भन्दै सुरक्षाको माग गर्दै बर्दिया जिल्लामा कार्यरत कर्मचारीहरुले सुरक्षाको माग गर्दै प्रमुख जिल्ला अधिकारी समक्ष निवेदन पेश गरेका थिए ।

कर्मचारीहरुको निवेदन बुझ्दै प्रमुख जिल्ला अधिकारी वेद प्रसाद खरेलले त्यस्ता व्यक्तिहरुलाई कारबाही गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । यसरी प्रतिवद्धता व्यक्त गर्नुका साथै जिल्ला प्रशासन कार्यालयले प्रेश विज्ञप्ति नै जारी गरि सबैलाई सचेत समेत गरेको छ ।

बर्दिया कर्मचारी मन्चका सदश्य खेमराज ओझाले जिल्लामा भइरहेका यस्ता गतिविधि अराजक भएको बताए । यसले कर्मचारीको मनोबलमा असर परेको तथा समग्र वित्तीय संस्थाको कारोबारमा असर पुग्न गई फेरि समाजमा मिटरब्याजिहरु सलबलाउने भन्दै ओझाले चिन्ता व्यक्त गरेका छन् । कार्यक्रममा युनिक नेपाल लघुवित्तका डिसिओ तथा पोखरेल तथा स्वावलम्बन लघुवित्तका कलस्टर हेड चन्द्र थापाको सहभागिता थियो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]