२०८० फाल्गुन २१ गते

सर्वोत्तम सिमेन्टको आइपीओ शुक्रबार बाँडफाँट हुने

बैंकिङ खबर/सर्वोत्तम सिमेन्टको आइपीओ फागुन २५ गते, शुक्रबार, कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा बिहान १० बजे बाँडफाँट हुने भएको छ।

कम्पनीले गत फागुन १३ गतेदेखि १६ गतेसम्म प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसामा कुल २७ लाख ७६ हजार ७६ कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको थियो। सो शेयरमा कुल ९ लाख ६० हजार ३०१ जनाले ५ करोड ६ लाख १३ हजार ३६० कित्ता शेयरका लागि आवेदन परेको क्यापिटलले जानकारी दिएको छ।

मागभन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन नियमावली अनुसार गोलाप्रथा प्रक्रियामार्फत कम्पनीको आइपीओ बाँडफाँट गरिनेछ। जस अनुसार ५५ हजार ५२१ जना आवेदकले कम्पनीको शेयर प्राप्त गर्न सक्नेछन्।