
बैंकिङ खबर/ मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो सेवा विस्तार र प्रोत्साहनका लागि वित्तीय साक्षरता अभियान अन्तरर्गत आफ्ना ग्राहकहरुलाई चितवन र तनहुँमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।
उक्त कार्यक्रमहरुमा ग्राहकहरुको आवस्यकतालाई ध्यानमा राखी प्रबिधिमैत्री लघुबित्त सेवा सुविधा ,एसएमएस तथा मोबाइल बैंकिङ्ग , बचत खाता, कर्जा तथा बिमालगायत बैैंकिङ्ग क्षेत्रका विविध आयामबारे जानकारी गराइएको थियो । यस अभियानबाट स्थानीय तहमै वित्तीय सुविधा बारे चेतना तथा पहुँच पुर्याउने उद्देश्य रहेको चैनपुर अनुगमन कार्यालय चितवनका प्रमुख सरोज पण्डितले बताए ।
मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड देशका गणनीय ७ वटा बाणिज्य बैंक र १ विकास बैंकबाट संयुक्त रुपमा प्रवद्र्धन गरी नुवाकोटको बट्टारमा केन्द्रीय कार्यालय रही ६४ जिल्लामा १४९ शाखा कार्यालय मार्फत लघुवित्त सेवा प्रदान गरिरहेको छ ।



