२०८० फाल्गुन १४ गते

नेप्सेद्वारा मार्जिन कारोबार योग्य ११२ कम्पनीको सूची सार्वजनिक

बैंकिङ खबर/नेपाल स्टक एक्सचेञ्ज नेप्सेले मार्जिन कारोबार गर्न योग्य ११२ कम्पनीको सूची सार्वजनिक गरेको छ । सूचीमा बैंक तथा वित्त संस्थातर्फ १९ वाणिज्य बैंक, ८ विकास बैंक, ४० लघुवित्त कम्पनी र ५ फाइनान्स कम्पनी परेका छन् ।

यसै गरि इन्स्योरेन्सतर्फ ७ लाइफ इन्स्योरेन्स कम्पनी र ९ ननलाइफ इन्स्योरेन्स कम्पनी रहेका छन् । लगानी समूहका नागरिक लगानी कोष, एचआईडिसिएल, निफ्रा र एनआरएन इन्फ्रास्ट्रकचर लिमिटेड तथा उत्पादन समूहका एचडिएल र शिवम् सिमेन्ट पनि सूचीमा रहेका छन् ।

यसैगरी १६ हाइड्रो कम्पनी, नेपाल रिइन्स्योरेन्स र नेपाल टेलिकमको सेयर पनि मार्जिन कारोबार योग्य सूचीमा परेका छन् । उल्लेखित कम्पनीका सेयरहरु मात्र मार्जिन लेन्डिङ प्रयोजनका लागि धितोस्वरुप राख्न सकिनेछ ।