२०८० फाल्गुन १३ गते

सर्वोत्तम सिमेन्टको आइपीओ खुल्ला

बैंकिङ खबर/सर्वोत्तम सिमेन्टले सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले धितोपत्र बोर्डबाट आफ्नो जारी पुँजी ४ अर्ब ६५ करोडको १२.९०३३ प्रतिशतले हुन आउने ६० लाख कित्ता आइपीओ निष्कासनको अनुमति पाएको थियो ।

यसमध्ये ४० प्रतिशतले हुन आउने २४ लाख कित्ता योग्य संस्थागत लगानीकर्तालाई, दुई लाख ६७ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई, ५ प्रतिशतले हुन आउने एक लाख ५४ हजार २२७ कित्ता कर्मचारीलाई र ५ प्रतिशतले हुन आउने एक लाख ५४ हजार २२७ कित्ता सामूहिक लगानी कोषलाई छुट्ट्याइएको थियो । त्यसपछि बाकिँ २७ लाख ७६ हजार ७६ कित्ता सेयर सर्वसाधारणमा जारी गर्न लागिएको हो ।

कति दिने आवेदन ?

न्यूनतम – ५० कित्ता
अधिकतम – १०००० कित्ता

कहिले सम्म दिने आवेदन ?

निष्काशन बन्द छिटोमा फागुन १६ गतेसम्म आवेदन दिन सकिने, आवेदन पूर्ण नपरेमा निष्काशन अवधि फागुन २७ गतेसम्म ।

प्रति कित्ता कति पर्छ ?

आइपीओमा लगानीकर्ताले प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाका दरले आवेदन दिनु पर्नेछ।

को हो बिक्री प्रबन्धक ?

आइपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । सह निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल र प्रभु क्यापिटल रहेका छन् ।

कहाँबाट दिने आवेदन ?

नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।

रेटिङ्ग

रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाइ इक्रा एनपी इस्यूअर रेटिङ्ग ट्रीपल बी प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम स्तरको क्षमता रहेको संकेत गर्दछ ।