Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

गभर्नर अधिकारीले आफैंसँग राखे बैंक सुपरिवेक्षण विभाग

२०८० फाल्गुन ११ गते

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक सुपरिवेक्षण विभाग आफैंसँग राखेका छन् । डेपुटी गभर्नर निलम ढुंगाना माताहत रहेको उक्त विभागलाई गभर्नर अधिकारीले आफू मातहत राखेका हुन् ।

अब सुपरिवेक्षण विभागले अब सिँधै गभर्नरलाई रिपोर्टिङ गर्नुपर्ने भएको छ । गभर्नर अधिकारीले आफूले सिधै हेर्दै आएको आर्थिक अनुसन्धान विभाग डेपुटी भगर्नर ढुंगानाको मातहतमा सारिदिएका छन् ।