Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

माछापूछ्रे बैंकको ५० प्रतिशत हकप्रद मंसिर १९ गतेदेखि

२०७३ मंसिर १ गते
सेयर:

maxaमाछापुच्छ्रे बैंक लिमिटेडले आफ्ना शेयरधनीका लागि ५० प्रतिशत अर्थात दुई बराबर एकको अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने भएको छ । बैंकले आगामी मंसिर १९ गतेदेखि पुस २४ गतेसम्म उक्त अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो । बैंकले १०० रुपैयाँ अंकित दरको १ करोड ९३ लाख २२ हजार ७ सय कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको जनाएको छ । बैंकको शेयरको निष्काशन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

बैंकले आफ्नो चुक्ता पुँजी वृद्धिका लागि हकप्रद बितरण गर्न लागेको हो । माछापुच्छ्रे  बैंकको हाल ३ अर्ब ८६ करोड ४५ लाख ४० हजार रुपैयाँ चुक्ता पुँजीमा हकप्रद निष्काशन पछि पुँजी ५ अर्ब ७९ करोड ६८ लाख १० हजार रुपैयाँ पुग्नेछ ।

माछापुच्छ्रे  बैंकको संस्थापक शेयरधनीहरु ५१ प्रतिशत रहेको छ भने सर्बसाधारण शेयरधनीहरु ४९ प्रतिशत रहेको छ ।