Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

कान्तिपुर सेभिङ्गका अध्यक्ष पक्राउ

२०८० फाल्गुन ७ गते
प्रतिकात्मक तस्बिर

बैंकिङ खबर/ कान्तिपुर सेभिङ्ग एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेडका अध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ । निक्षेपकर्ताको रकम हिनामिना गरेको आरोपमा सो सहकारीका अध्यक्ष हिमाल विक्रम मल्ललाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जानकारी दिएको छ ।

कान्तिपुर सेभिङ्ग एण्ड क्रेडिटका संचाहरुले निक्षेपकर्ताको रकम हिनामिना गरेको आरोपमा प्रहरी वृत्त नयाँबानेश्वरमा २०८० जेठ २८ मा मुद्दा दर्ता भएको थियो । अध्यक्ष मल्ल फागुन १ मा पक्राउ परेका हुन् ।

कान्तिपुर सेभिङ्ग एण्ड क्रेडिटको संचालक समितिका संचालहरुविरुद्ध अहिलेसम्म ३५० जना निक्षेपकर्ताले जाहेरी दिएका छन् ।