Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

कुमारी सबल योजनामा आवेदन दिने समय थप

२०८० फाल्गुन २ गते

बैंकिङ खबर/ कुमारी सबल योजनामा आवेदन दिने समय थपिएको छ । माग अनुसार आवेदन नपरेपछि समय थपिएको हो । यो योजनामा फागुन १३ गतेसम्म आवेदन दिन सकिनेछ ।

कुमारी क्यापिटलले थप गरिएको समय अगाडि नै मागभन्दा बढी आवेदन परेको खण्डमा अघि नै बन्द हुनेछ । कुमारी क्यापिटलले माघ २८ गतेदेखि म्युचुअल फन्ड योजना निकष्कन गरेको हो ।

क्यापिटलले कुमारी सबल योजनाको कुल १० करोड इकाई बिक्री खुला गरेको हो । जसमा १ करोड ४० लाख इकाई वा कुल बिक्री भएको इकाईको १४ प्रतिशत विज पुँजीवापत कोष प्रवर्द्धक कुमारी बैंकलाई सुरक्षित गरिएको छ ।

त्यस्तै, योजना व्यवस्थापक कुमारी क्यापिटललाई १० लाख इकाई सुरक्षित गरिएको छ । बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारणका लागि बिक्री खुला गरेको हो । यो बन्दमुखी योजना हो । न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । लगानीकर्ताले सी–आस्वाको माध्यमबाट इकाईमा आवेदन दिन सकिनेछ ।