Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

माछापुच्छ्रे बैंकको साढे १० लाख बढी शेयर बिक्रीमा

२०८० फाल्गुन १ गते

बैंकिङ खबर/माछापुच्छ्रे बैंकको साढे १० लाख बढी कित्ता शेयर बिक्रीमा राखिएको छ। बैंकको १० लाख ५६ हजार ९१७ कित्ता संस्थापक शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा हाललाई विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन्।

इच्छुक संस्थापक शेयरधनीले काठमाडौंको सुन्धारास्थित बाघदरबार जेडीए कम्प्लेक्समा रहेको बैंकको शेयर विभागमा गएर खरिद आवेदन दिन सक्नेछन्। खरिद आवेदन ३५ दिनभित्र दिनुपर्ने बैंकले जनाएको छ।

तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई शेयर बिक्री खुला गरिने बैंकले जनाएको छ।