Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

हिमालयन रिद्वारा बोनस सेयर घोषणा

२०८० माघ २६ गते

बैंकिङ खबर/हालै आईपीओ निष्कासन गरेको हिमालयन रिइन्स्योरेन्स कम्पनीले सेयरधनीलाई बोनस सेयर घोषणा गरेको छ । कम्पनीको ५५ औं सञ्चालक समितिको बैठकले सेयरधनीलाई चुक्ता पुँजीको ४ प्रतिशत अर्थात ४० करोड रुपैयाँ बराबरको बोनस सेयर घोषणा गरेको हो ।

साथै कम्पनीले कर प्रयोजनका लागि ०.२१ प्रतिशत नगद लाभांश पनि दिने भएको छ । प्रस्तावित लाभांश बीमा प्राधिकरणको स्वीकृति तथा आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्रै लगानीकर्ताले पाउने छन् । बिहीबार बजार बन्द हुँदा कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६८९ रुपैयाँ छ ।