Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

गभर्नर अधिकारीविरुद्धको मुद्दाः आजका लागि तोकिएको रिटको सुनुवाइ स्थगित

२०८० माघ १४ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको शैक्षिक योग्यतामा प्रश्न उठाउँदै सर्वोच्च अदालतमा दायर रिट निवेदनको पूर्ण सुनुवाइ स्थगित भएको छ । यसअघि ९ गतेका लागि पूर्ण सुनुवाइको लागि पेसी तोकिए पनि हर्न नभ्याइने सूचीमा पर्दै आजका लागि सुनुवाइ मिति तोकिएको थियो ।

तर, अधिकारीले दायर गरेको र अधिवक्ता दिपकराज जोशीसमेत ३ जनाले दायर गरेको रिट आजका लागि स्थगित सूचीमा परेको हो । यसअघि पुस १३ गते सर्वोच्च अदालतका न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले माघ ९ गते पूर्ण सुनुवाइ गर्न आदेश दिएको थियो ।

माघ ९ गते न्यायाधीशहरु प्रकाश कुमार ढुंगाना र बालकृष्ण ढकालको इजलासमा पेसी तोकिएको भए पनि मुद्दा हेर्न नभ्याइनेको सूचीमा पर्दै आजका लागि सुनुवाइको मिति तोकिएको थियो ।

पुस १३ गते माथेमाको इजलासले रिट निवेदकले अधिकारीलाई गभर्नर पदमा नियुक्त गर्ने निर्णय बदर गर्न माग गरेकोमा सो सन्बन्धमा पूर्ण सुनुवाइबाट निर्णय हुनु पर्ने देखिने आदेश गरेको थियो ।

सर्वोच्च अदालतले गभर्नर अधिकारीले दायर गरेको रिट निवेदन सरकारले गभर्नरबाट निलम्बन गर्ने निर्णयविरुद्ध गभर्नर अधिकारीले दायर गरेको रिट निवेदनलाई समेत एकसाथै राख्दै शैक्षिक योग्यतामा प्रश्न उठाएको विषयमा सुनुवाइ गर्न सर्वोच्चले आदेश दिएको थियो । सरकारले २०७८ चैत २५ गते अधिकारीलाई गभर्नरबाट निलम्बन गर्ने निर्णय गरेको थियो ।