January 27th, 2024

बचतकर्ताद्वारा सुमेरु बचत तथा ऋण सहकारीका सञ्चालकहरुविरुद्ध उजुरी

बैंकिङ खबर/ ललितपुरमा कार्यालय राखेर बचत तथा ऋणको कारोबार गरिरहेको सुमेरु बचत तथा ऋण सहकारीका पूर्वसञ्चालक भरत महर्जनसहित सहकारीमा रहेका अहिलेका सञ्चालकहरुविरुद्ध उजुरी परेकाे छ ।

उनीहरुविरुद्ध जिल्ला प्रशासन कार्यालय ललितपुर र प्रहरी परिसर जावलाखेलमा तीन सय ५३ जना बचतकर्ताले उजुरी दिएका हुन् । उनीहरुले सहकारी सञ्चालकहरुले ठगी र बचत अपचलन गरेको आरोप लगाएका छन् ।

ललितपुर महानगरपालिका वडा नम्बर २३ धापाखेलको सिफारिससमेत रहेको उजुरीमा आफूहरुको आठ अर्बभन्दा धेरै बचत फिर्ता नगरेको बचतकर्ताको दाबी छ । प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठलाई जाहेरी पत्र दिँदै बचतकर्ता सुन्दरकृष्ण महर्जनले सहकारीमा जम्मा गरेको बचत फिर्ता हुने सुनिश्चितता नभएको बताउनुभयो ।

बचतकर्ता भए पनि सुमेरु सहकारीले सञ्चालन गरेको सुमेरु अस्पताल र सुमेरु सिटी अस्पतालमा उपचार नपाएको उनीहरुको गुनासो छ । लामो समयदेखि सहकारीमा बचत फिर्ताका लागि धाउने गरे पनि बचतकर्ताले बचत फिर्ता पाउन सकेका छैनन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]