Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

इमेज बचत सहकारी प्रकरणः कोषाध्यक्ष पक्राउ

२०८० माघ १२ गते

बैंकिङ खबर/बागलुङस्थित इमेज बचत तथा ऋण सहकारी संस्थाका कोषाध्यक्ष २७ वर्षीया लक्ष्मी सेन सुनार पक्राउ परेकी छन् । बचतकर्ताको रकम हिनामिना गरेको आरोप लागेर उनीसहितका सहकारीका सञ्चालक फरार थिए ।

खोजी गर्ने क्रममा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले सुनारलाई ललितपुर महानगरपालिका–३, धोबिघाटबाट बिहीबार पक्राउ गरेको हो ।

रकम हिनामिना गरेको आरोप लागेर फरार रहेका सहकारीका अध्यक्ष देवकुमार नेपालीलाई पक्राउ गर्न अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल)ले रेड नोटिस जारी गरेको छ ।