Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

मिर्मिरे लघुवित्तलाई लाभांश बाँड्न राष्ट्रबैंकद्वारा रोक

२०८० माघ ११ गते

बैंकिङ खबर/ मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमीटेडलाई राष्ट्रबैंकले लाभांश वितरणमा रोक लगाएको छ । कम्पनीको पुस १३ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९८० को वित्तीय विवरण पास गरी चुक्तापुँजीको ६.३२ प्रतिशत नगद लाभांश वितरणको निर्णय गरेको थियो ।

सो निर्णय स्वीकृतिका लागि राष्ट्रबैंक पठाइएकोमा त्यहाँबाट अस्वीकृत भएको हो । राष्टबैंकले माघ ८ गते एक पत्र पठाउँदै मिर्मिरे लघुवित्तलाई गत आर्थिक वर्षको नाफा सञ्चित गर्न र कुनै पनि लाभांश वितरण नगर्न निर्देशन दिएको हो ।

सोही निर्देशनलाई आधार मान्दै मिर्मिरे लघुवित्तको माघ १० गते बसेको सञ्चालक समितिको बैठकले यसअघि प्रस्ताव गरिएको लाभांश रद्द गर्ने निर्णय गरेको छ ।