Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

राष्ट्र बैंकले साढे १० अर्ब रुपैयाँ बराबरको ट्रेजरी बोलकबोल गर्दै

२०८० माघ ८ गते

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले सोमबार साढे १० अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ । बैंकले माघ ९ गते मंगलबार जारी गर्नेगरी २८ दिने र ९१ दिने दुई किसिममा कूल १० अर्ब ४९ करोड रुपैयाँ बराबरको ट्रेजरी बोलकबोल गर्ने भएको हो ।

बैंकको सूचना अनुसार २८ दिने ट्रेजरीका लागि ५ अर्ब रुपैयाँ छुट्याइएको छ भने ९१ दिनेका लागि ५ अर्ब ४९ करोड रुपैयाँ छुट्याइएको छ । जसमध्ये ५ अर्ब रुपैयाँ नयाँ ट्रेजरी जारी गरेर बाँकी पुरानै ट्रेजरीको नवीकरण गरिने बैंकले जनाएको छ ।

इच्छुक बैंक तथा वित्तीय संस्थाले सोमबार दिउँसो २ बजेभित्र ट्रेजरी खरिदका लागि आवेदन दिन सक्नेछन् । ट्रेजरी बिलको बोलकबोल दिउँसो २ बजे हुनेछ । यसअघि केन्द्रीय बैंकले पुस २९ गते १५ अर्ब ७० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।