Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

लमजुङ कालिका सहकारी प्रकरणः फरार रहेका संस्थापक अध्यक्ष घिमिरे पक्राउ

२०८० पुष २२ गते
प्रतिकात्मक तस्बिर

बैंकिङ खबर/लमजुङको कालिका सहकारी ठगी प्रकरणका मुख्य दोषी भनिएका संस्थापक अध्यक्ष मृगेन्द्र घिमिरे पक्राउ परेका छन् । काठमाडौं धापासीमा लुकीछिपी बसेको अवस्थामा उनलाई प्रहरीले आइतबार दिउँसो पक्राउ गरेको हो । सहकारी ठगीमा मुख्य दोषी भनिएकी उनकी श्रीमति विनिता अधिकारी घिमिरे भने अझै फरार छिन् ।
उनलाई काठमाडौंमा पक्राउ गरिएको बारे जिल्ला प्रहरी कार्यालय लमजुङले पुष्टि गरेको छ । कार्यालयका प्रहरी निरीक्षक मेघनाथ चापागाइँले पक्राउ परेका घिमिरेलाई सोमबारसम्म जिल्ला प्रहरी कार्यालयमा ल्याइने जानकारी दिए ।

सहकारी ठगीको मुद्दामा जिल्ला प्रहरी कार्यालय लमजुङले सहकारी सम्बद्ध ३४ जना विरुद्ध पक्राउ पूर्जी जारी गरेकोमा पहिलो चरणमा ६ जना र त्यसपछि थप १ जना गरी ७ जनालाई पक्राउ गरी अनुसन्धान गरेको थियो । पक्राउ परेका ७ जना जिल्ला अदालत लमजुङको आदेशमा धरौटीमा रिहा भइसकेका छन् । तर प्रहरीले अहिलेसम्म जाहेरी परेका आरोपित अन्य २७ जनालाई पक्राउ नगरेको भन्दै प्रहरीको आलोचना भइरहेको छ ।