Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

राष्ट्र बैंकले आइतबार ७ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बोलकबोल गर्ने

२०८० पुष २० गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले आगामी आइतबार ७ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बोलकबोल गर्ने भएको छ । राष्ट्र बैंकले ८ वर्षे अवधिको ‘विकास ऋणपत्र २०८८ ‘छ’ जारी गर्ने भएको हो ।

२०८० पुस २२ गते अपराह्न २ बजे बोलकबोल हुने ऋणपत्र पुस २३ गते जारी गरिने राष्ट्र बैंकले जनाएको छ । इच्छुक बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा नेपाली नागरिकले तोकिएको सर्त पुरा गरी तोकिएको समयभित्र आवेदन दिन सक्नेछन् ।

इच्छुक खरिदकर्ताले प्रतिस्पर्धी वा अप्रतिस्पर्धी रूपमा सहभागी हुन सक्नेछन् । प्रतिस्पर्धी बोलकबोलका लागि कूल निष्कासनको ८५ प्रतिशत अर्थात् ५ अर्ब ९५ करोड र अप्रतिस्पर्धीतर्फ १५ प्रतिशत अर्थात् १ अर्ब ५ करोड रुपैयाँ छुट्टाइएको छ ।

प्रस्तावित आवदेनहरुबाट कट–अफ ब्याजदर एकल ब्याजदर कायम गरी सो ब्याजदर र सो ब्याजदरभन्दा तलका सबै बोलवालाहरूलाई सोही एकल ब्याजदरमा ऋणपत्र उपलब्ध गराइने राष्ट्र बैंकले जनाएको छ ।