January 3rd, 2024

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका दुई पुर्पक्षका लागि कारागार चलान

प्रतिकात्मक तस्बिर

बैंकिङ खबर/ सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको ठगी प्रकरणमा पक्राउ परेका दुई जना कारागार चलान भएका छन्। पोखरा महानगरपालिका–४ नाकोमुखस्थित सञ्चालनमा रहेको सहकारीको सञ्चालक समितिका पदाधिकारीसमेतले बचत रकम फिर्ता नगरेको र हिनामिना गरेको जाहेरी अनुसार पक्राउ परेका दुई जना पुर्पक्षका लागि कारागार चलान भएका हुन्।

उक्त ठगी प्रकरणका प्रतिवादी मादी गाउँपालिका–१० का ३९ वर्षीय शिवबहादुर गुरुङ र स्याङ्जाको गल्याङ–९ का ४२ वर्षीय भविश्वर अर्याललाई अदालतको आदेशले पुर्पक्षका लागि कारागार चलान गरिएको प्रहरीले जनाएको छ। गुरुङ सहकारीको सञ्चालक समितिका पूर्व सदस्य हुन् भने अर्याल वर्तमान सदस्य हुन्। १७ गते कास्की जिल्ला अदालतमा उनीहरु आफैं उपस्थित भएको र उनीहरुको बयान सकिएपछि अदालतमा पेस गरिएको थियो। अदालतले उनीहरुलाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको हो।

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]