January 2nd, 2024

सर्वोत्तम सिमेन्टले पुस २५ गतेदेखि आईपीओ निष्कासन गर्दै

बैंकिङ खबर/सर्वोत्तम सिमेन्ट लिमिटेडले उद्योग प्रभावित स्थानीय र श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि आईपीओ निष्कासन गर्ने भएको छ ।

कम्पनीले आगामी पुस २५ गतेदेखि उद्योग प्रभावित स्थानीयलाई ९ लाख ३० हजार कित्ता र श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेकालाई २ लाख ६७ हजार कित्ता शेयर निष्काशन गर्ने भएको हो ।

कम्पनीले खानी उत्खनन् प्रभावित क्षेत्र पाल्पा जिल्लाको रैनादेवी छहरा गाउँपालिका वडा नं १ र २ (साविक सिद्धेश्वर गाविस का वडा नं १, २, ४, ६, ७, ८, ९ र साविक सोमाबी गाविस को वडा नं १ र २), रिब्दीकोट गाउँपालिकाको वडा नं २, ३, ४ र ६ (साविक वेउराली गाविस वडा नं ३, ४, ५, ६ र ७, साविक खस्यौली गाविस वडा नं २, ४, ५, ६ र ७, साबिक भैरवस्थान गाविस वडा नं ३, ४, ६ र ७ र साविक ठिमुरे गाविस वडा नं ३, ८ र ९), तिनाउ गाउँपालिकाको वडा नं १, २ र ३ (साविक कचल गाविस का १ देखि ९ सम्मका सम्पूर्ण वडाहरु र साविक दोभान गाविस का वडा नं १, २, ३, ४, ५, ६, ७ र ९), मायागढी गाउँपालिकाको वडा नं ७ र ८ (साविक रहह्यास गा।वि.स र साबिक बहादुरपुर गाविसका सम्पूर्ण वडाहरु) र निस्वी गाउँपालिकाको वडा नं ७ (साविक ज्यामिरे गाविसका सम्पूर्ण वडाहरु) मा बसोबास गर्ने स्थानीयका लागि ९ लाख ३० हजार कित्ता र बाँकी रहेको २७ लाख ७० हजार कित्ता साधारण सेयरको १० प्रतिशत अर्थात २ लाख ६७ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गर्न लागेको हो ।

बुक बिल्डिंग विधिबाट निष्काशन गर्न लागिएको सेयरको मूल्य पूतिकित्ता ३६०.९० रुपैयाँ निर्धारण गरिएको छ। लगानीकर्ताले न्युनतम ५० कित्ता र अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन्।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आईपीओ निष्कासन चाडोमा माघ १० गते र ढिलोमा माघ २५ गते बन्द हुनेछ । त्यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि भने माघ १० गते बन्द हुनेछ । कम्पनीले पहिलो चरण अन्तर्गत योग्य संस्थागत लगानीकर्ताका लागि सेयर जारी गरिसकेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]