Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

प्रिमियम मूल्यमा आईपीओ निष्कासनः दोषीलाई कारबाही गर्न अख्तियारलाई निर्देशन

२०८० पुष १२ गते

बैंकिङ खबर/ प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्नुको औचित्य छानबिन गर्न निर्देशन दिएको छ ।

बिहीबार बसेको समितिको बैठकबाट सो छानबिन गरी ३० दिनभित्र जानकारी गराउन सम्बन्धित निकायलाई निर्देशन दिइएको हो । यस्तै, उक्त विषयमा दोषीलाई कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिइएको समितिका सभापति ऋषिकेश पोखरेलले जानकारी दिए ।