Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

सेयर धितो र रियल स्टेट कर्जाको जोखिम भार घट्यो

२०८० पुष ८ गते

बैंकिङ खबर/मार्जिन प्रकृतिको सेयर धितो कर्जा रियल स्टेट कर्जाको जोखिम भार घटेको छ । चालु आर्थिक वर्ष (आव) को मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा आएको व्यवस्था कार्यान्वयनका लागि आइतबार एक परिपत्र जारी गर्दै नेपाल राष्ट्र बैंकले जोखिम भार घटाएको हो ।

५० लाख भन्दा माथिको मार्जिन प्रकृतिको सेयर धितो कर्जामा १५० प्रतिशत रहेको जोखिम भारलाई घटाएर राष्ट्र बैंकले १२५ प्रतिशत कायम गरेको छ । ५० लाखसम्मको कर्जामा यसअघि नै १०० प्रतिशत जोखिम भार कायम गरिएको छ । रियल स्टेट कर्जा लगायको जग्गाको विकास कर्जाका लागि पनि जोखिम भार १५० प्रतिशतबाट घटाएर १२५ प्रतिशत कायम गरेको हो ।