
बैंकिङ खबर/धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेन्जको लाइसेन्स प्रक्रिया अघि बढाउन अर्थ मन्त्रालयलाई पत्र लेख्ने निर्णय गरेको छ। बोर्डको शुक्रबार बसेको बैठकले लाइसेन्स प्रक्रिया अघि बढाउन अर्थलाई पत्र लेख्ने निर्णय गरेको बोर्डका एक सदस्यले जनाकारी दिए।
गत शुक्रबार सञ्चालक समितिको बैठक राखेर सहजीकरण तथा निर्देशनका लागि भन्दै अर्थ मन्त्रालयलाई बोर्डले पत्र लेखेको थियो। अर्थले सोमबार नयाँ स्टक लाइसेन्स दिने विषयमा यसअघि मन्त्रिपरिषद्ले भनेबमोजिम नभएकोले थप प्रक्रिया पूरा गर्नुपर्ने भन्दै जवाफ पठाएको थियो।
त्यसमा मन्त्रीपरिषद्ले भनेअनुसार भए नभएको अर्थमन्त्रालयले प्रश्न सोधेको थियो।त्यसमा शुक्रबारको बैठकले अर्थलाई मन्त्रिपरिषदले भने बमोजिम नै अध्ययन भएर प्रक्रिया अघि बढाउन भनिएको विषय उल्लेख गरेर पत्र लेख्ने निर्णय गरेको हो।



