December 22nd, 2023

घोराही सिमेन्टको बोनस सेयर घोषणा

बैंकिङ खबर/घोराही सिमेन्ट इन्डस्ट्रीले सेयरधनीका लागि बोनस सेयर घोषणा गरेको छ । कम्पनीको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षसम्मको सञ्चित रकमबाट सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो ।

कम्पनीले आगामी साधारणसभामा बोनस सेयर वितरणको प्रस्ताव लैजाने छ । पुस २८ गतेका लागि कम्पनीले साधारणसभा बोलाएको छ । कम्पनीका अनुसार पुस १६ गतेका लागि सेयरधनी दर्ता पुस्तिका बन्द (बुक क्लोज) हुनेछ ।

पुस १५ गतेसम्म कायम सेयरधनीले बोनस सेयर र साधारणसभामा भाग लिन पाउने छन् । साधारणसभामा सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालकको निर्वाचन समेत हुने कम्पनीले जनाएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]