Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

शिवशिखर प्रकरण : धितो लिलाम गर्नुअघि बचतकर्ताको रकम फिर्ता गराउन संघर्ष समितिको माग

२०८० पुष ६ गते

बैंकिङ खबर/ शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाका बचतकर्ताहरूको रकम फिर्ता गरेपछि मात्र सहकारीको धितो लिलाम गराउन संघर्ष समितिका सदस्यहरूले माग गरेका छन् । शिवशिखरका पूर्व अध्यक्ष केदारनाथ शर्मा र पत्नी गिता शर्माले विभिन्न कम्पनीको नाममा १३ वटा बैंकबाट कर्जा लिएको भेटिएको छ ।

केदारनाथ शर्मा दम्पतीले देशभर ४३ वटा कम्पनी खडा गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले गरेको अनुसन्धानबाट थाहा भएको छ । बचतकर्ताको रकमबाट खरिद गरिएको धितो राखेर बैंकबाट कर्जा लिएको भन्दै धितो लिलाम गुर्न अघि बचतकर्ताको रकम फिर्ता गरिनुपर्ने संघर्ष समितिका संयोजक लोकेन्द्र लम्सालले बताए ।

शिवशिखर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बचत शर्मा दम्पतीले आफ्नै कम्पनीमा लगानी गरेर त्यही कम्पनी देखाएर बैंकबाट ६ अर्ब ९८ करोड कर्जा लिएको भेटिएको छ । शिव शिखरमा ५ सय रुपैयाँदेखि साढे ५ करोड सम्म बचत गर्नेहरू छन् ।