December 21st, 2023

सर्वोत्तम सिमेन्टको आईपीओ स्वीकृत

बैंकिङ खबर/नेपाल धितोपत्र बोर्डले बुक बिल्डिङ विधिमार्फत प्राथमिक सेयर (आईपीओ) जारी गर्नको लागि सर्वोत्तम सिमेन्टलाई स्वीकृति दिएको छ। बोर्डले योग्य संस्थागत लगानीकर्तालाई सेयर बाँडफाँट गरेपछिको निष्काशनको लागि स्वीकृति दिएको हो।

कम्पनीलाई एक अर्ब २९ करोड ९२ लाख ४० हजार रुपैयाँबराबरको ३६ लाख कित्ता सेयर निष्काशनको लागि अनुमति दिइएको हो। कम्पनीले प्रतिकित्ता तीन सय ६० रुपैयाँ ९० पैसाका दरले सेयर निष्काशन अनुमति पाएको बोर्डले जनाएको छ।

यसअघि त्यसैमा योग्य संस्थागत लगानीकर्तालाई कम्पनीले ५०१ रुपैयाँ दरमा सेयर दिएको थियो। जसमा १० प्रतिशत घटाएर स्थानीय प्रभावितसँगै सर्वसाधारणलाई सेयर निष्काशन गरिनेछ।
कम्पनीको प्राथमिक सेयरमा कम्तीमा ५० कित्ताभन्दा आवेदन दिनुपर्नेछ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]