Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

सर्वोत्तम सिमेन्टको आईपीओ स्वीकृत

२०८० पुष ५ गते

बैंकिङ खबर/नेपाल धितोपत्र बोर्डले बुक बिल्डिङ विधिमार्फत प्राथमिक सेयर (आईपीओ) जारी गर्नको लागि सर्वोत्तम सिमेन्टलाई स्वीकृति दिएको छ। बोर्डले योग्य संस्थागत लगानीकर्तालाई सेयर बाँडफाँट गरेपछिको निष्काशनको लागि स्वीकृति दिएको हो।

कम्पनीलाई एक अर्ब २९ करोड ९२ लाख ४० हजार रुपैयाँबराबरको ३६ लाख कित्ता सेयर निष्काशनको लागि अनुमति दिइएको हो। कम्पनीले प्रतिकित्ता तीन सय ६० रुपैयाँ ९० पैसाका दरले सेयर निष्काशन अनुमति पाएको बोर्डले जनाएको छ।

यसअघि त्यसैमा योग्य संस्थागत लगानीकर्तालाई कम्पनीले ५०१ रुपैयाँ दरमा सेयर दिएको थियो। जसमा १० प्रतिशत घटाएर स्थानीय प्रभावितसँगै सर्वसाधारणलाई सेयर निष्काशन गरिनेछ।
कम्पनीको प्राथमिक सेयरमा कम्तीमा ५० कित्ताभन्दा आवेदन दिनुपर्नेछ।