
बैंकिङ खबर/ गरिमा विकास बैंकले लाभांश घोषणा गरेको छ। कम्पनीको पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/०८० को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो।
यसअनुसार कम्पनीले हालको चुक्ता पुँजीको ९.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.५० प्रतिशत नगद लाभांश गरी कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
कम्पनीको उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ ।


