Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

सामान्य अंकले बढ्यो आइतबारको नेप्से : एभरेष्ट बैंकमा किन ओइरिए लगानीकर्ता ?

२०७३ कार्तिक २८ गते
सेयर:

economicसाताको पहिलो दिन नेप्से २.७४ अंकले बढेको छ । बजार खुलेको एक घण्टामा १६९१ अंकमा झरेको सेयर बजार सवा एक बजे १७०७ अंकसम्ममा पुगेको थियो । त्यसपछि क्रमशः ओरालै लाग्दै गएको बजार अन्ततः १६९९.९१ अंकमा कायम भएको छ । होटल र जलविद्युत् समूहले बजार ओराल्न खाजेपनि बीमाका कारण बजार सामान्य भएपनि बढेर बन्द भएको देखिएको छ । होटल र जलविद्युत् क्रमशः १२.९७ र ५.१६ अंकले घट्दा बीमा समूह ३५.७४ अंकले बढेको छ । बैंकिङ, विकास बैंक, फाइनान्स र अन्य पनि क्रमशः २.७, १.०१, ३.३७ र ०.५८ अंकले बढेका छन् । 

आइतबार नेपाल स्टक एक्सचेन्जमा ७३ करोडभन्दा माथिको कारोबार भएको छ । दिनभरिमा एक सय ३७ वटा कम्पनीको आठ लाख ४८ हजार छ सय ८१ कित्ता सेयर तीन हजार सात सय छ पटक खरिदविक्रि हुँदा कुल ७३ करोड २१ लाख ४५ हजार चार सय रुपैयाँ पुँजी परिचालन भएको छ । केही दिनयताको बजार हेर्दा, कारोबार रकम सुधारको क्रममा रहेको छ । आगामी दिनमा यो वृद्धिले निरन्तरता पाउने आशा गर्न गर्न सकिन्छ । 

कारोबारका आधारमा हेर्दा, एभरेष्ट बैंकमा लगानीकर्ताको बाक्लो आकर्षण रहेको देखिएको छ । आइतबार एकैदिनमा एभरेष्ट बैंकको २० करोड ३९ लाख ७८ हजार पाँच सय ८४ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यसबाहेक, सिभिल बैंकको चार करोडको कारोबार हुँदा शिखर इन्स्योरेन्सको तीन करोड २० लाख रुपैयाँको कारोबार भएको छ भने स्टान्डर्ड चार्टर्ड बैंक र बैंक अफ काठमाण्डू लुम्बिनीको दुई करोड ९० लाखमाथिको कारोबार भएको छ । कुमारी बैंकको पनि दुई करोडमाथिको कारोबार भएको छ । एनएमबी बैंक, नबिल बैंक, एसबीआई बैंक, सिद्धार्थ बैंक लगायतको एक करोडमाथिको कारोबार भएको छ । 

एनबि इन्स्योरेन्सका सेयरधनीले आइतबार सबैभन्दा धेरै ५.५९ प्रतिशतका दरले आफ्नो सम्पत्ती बढाएका छन् । देवः विकास बैंक, नेपाल बैंक, एभरेष्ट बैंक र साझा विकास बैंकका सेयरधनीले ३ प्रतिशतभन्दा बढीका दरले कमाएका छन् । प्राइम लाइफ इन्स्यारेन्स, लाइफ इन्स्योरेन्स कर्पोरेसन, लुम्बिनी जेनेरल इन्स्योरेन्स, रुरल माइक्रोफाइनान्स लगायतका सेयरधनीले पनि कमाएका छन् । 

गुमाउने कम्पनीहरुको अग्रस्थानमा रहेको राष्ट्रिय बीमा कम्पनीका प्रोमोटर सेयरधनीले आईतबार ५.९० प्रतिशतका दरले आफ्नो सम्पत्तीय घटाएका छन् । राष्ट्रिय बीमा कम्पनीका साधारण सेयरधनीले पनि ५.८४ प्रतिशतका दरले सम्पत्तीय गुमाएका छन् । रिलायबल माइक्रोफाइनान्स, सेवा विकास बैंक, अल्पाइन डेभलपमेन्ट बैंक, जेविल्स फाइनान्स, स्वरोजगार लघुवित्त, ललितपूर फाइनान्स लगायतका सेयरधनीले पनि गुमाएका छन् ।