Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

क्यासवे मनी ट्रान्सफरको कारोबार बन्द

२०८० मंसिर २६ गते

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले क्यासवे मनी ट्रान्सफर प्रालिको कारोबार बन्द गरेको छ। राष्ट्र बैंकले मंगलबार एक सूचना जारी गर्दै विप्रेषण विनियमावली २०७९ को विनियम ३१, उपविनियम १ बमोजिम कम्पनीको कारोबार बन्द गर्न लागेको बताएको हो।

राष्ट्र बैंकले उक्त कम्पनीको कारोबार बन्दको पूर्वस्वीकृति दिन लागेकाले यसको जानकारी सम्बन्धित सरोकारवालाहरुमा पुर्याएको हो। यस्तै कम्पनीसँग कुनै संघसंस्थाको लेनदेन भए ३५ दिनभित्र विदेशी विनिमय विभागमा जानकारी दिन अनुरोधसमेत राष्ट्र बैंकले गरेको छ।