Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

शिवशिखरका सञ्चालक शर्मासहित ४ जना कञ्चनपुरको हिरासतमा

२०८० मंसिर २४ गते
प्रतिकात्मक तस्बिर

बैंकिङ खबर/ शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाका मुख्य सञ्चालक केदारनाथ शर्मासहितका चार जनालाई ठगी मुद्दामा अनुसन्धान गर्न कञ्चनपुर ल्याइएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले सहकारीको शाखा कार्यालय महेन्द्रनगर, त्रिभुवनबस्ती र बेलौरीका वचत कर्ताहरुको उजुरीका आधारमा अनुसन्धानका लागि उनीहरुलाई कञ्चनपुर ल्याइएको जानकारी दिए ।

उनका अनुसार मुख्य सञ्चालक शर्मा, उनकी श्रीमती गीता शर्मा, सञ्चालक समितिका सदस्य पुष्कर मल्ल र अमिशराज भण्डारीलाई अनुसन्धानका लागि कञ्चनपुर ल्याइएको हो । उनीहरुविरुद्ध ३१ करोड ९७ लाख ३ हजार ९५५ रुपैयाँ बचत हिनामिना गरी ठगी गरेको उजुरी परेको प्रहरीले जनाएको छ ।

डीएसपी डाँगीले अहिलेसम्म तीन हजार ६७१ जनाले जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएपछि अनुसन्धान गर्ने क्रममा उनीहरुलाई कञ्चनपुर ल्याइएको बताए । चारै जनालाई नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।