Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

माछापूछ्रे बैंकले तीन महिनामा यसरी कमायो २४ करोड ६९ प्रतिशत मुनाफा

२०७३ कार्तिक २८ गते

maxaमाछापुच्छे बैंकको लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २४ करोड ६९ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ४२ दशमलव ६४ प्रतिशत बढी नाफा कमाएको हो । माछापूछ्रेले गत वर्षको आर्थिक वर्षको पहिलो त्रैमासमा १७ करोड ३१ लाख रुपैयाँ नाफा कमाएको थियो । 

४ अर्ब ६६ करोड ६४ लाख रुपैयाँ चुक्ता पूँजी भएको माछापुच्छे बैंकले गत वर्षको असोज मसान्तको तुलनामा १३ अर्ब ४३ करोड ६० लाख २५ हजार रुपैयाँ बढी निक्षेप संकलन गरेको छ । गत आर्थिक वर्षको असोज मसान्तसम्ममा ४४ अर्ब ७० करोड १० लाख २५ हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकले चालू आर्थिक वर्षको असोज मसान्तसम्ममा ५८ अर्ब १३ करोड ७० लाख ५० हजार रुपैयाँ निक्षेप संकलन गरेको छ । यो अवधिमा बैंकले कर्जातर्फ ३४ दशमलव ९१ प्रतिशतले बढाएर ४९ अर्ब ८७ करोड ४३ लाख रुपैयाँ लगानी गरेको छ ।

संचालन मुनाफा र खुद व्याज आम्दानीमा पनि बैंकले राम्रो प्रगति हासिल गरेको छ । चालू आर्थिक वर्षको असोज मसान्तमा बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सञ्चालन मुनाफामा ३० दशमलव १८ प्रतिशतले बढोत्तरी गरेको छ । बैंकको सञ्चालन मुनाफा ३३ करोड ८९ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, बैंकको खुद व्याज आम्दानी ४० दशमलव ८९ प्रतिशतले बढेर ५३ करोड ५२ लाख रुपैयाँ पुगेको छ ।

तीन महिनाको अवधिमा माछापूछ्रेले ३ करोड २० लाख रुपैयाँ खराब कर्जा उठाएको छ । असोज मसान्तसम्ममा बैंकको जोखिम युक्त सम्पति ११ दशमलव २९ प्रतिशत रहेको छ भने निष्क्रिय कर्जा शून्य दशमलव ५४ प्रतिशत रहेको छ । बैंकले जगेडा कोषमा ९२ करोड ७ लाख रुपैयाँ राखेको छ भने प्रोभिजनमा १० करोड ९१ लाख रुपैयाँ राखेको छ जनाएको छ । 

बैंकको प्रतिशेयर आम्दानी २१ दशमलव १७ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १ सय १९ दशमलव ७३ रुपैयाँ र तरलता अनुपात २२ दशमल ८६ प्रतिशत रहेको छ ।