Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

मौद्रिक नीतिको समीक्षा शुक्रबार आउँछः गभर्नर

२०८० मंसिर २० गते

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको पहिलो समीक्षा शुक्रबार सार्वजनिक गर्ने भएको छ । प्रतिनिधि सभाअन्तर्गतको अर्थसमिति बैठकमा बुधबार गर्भनर महाप्रसाद अधिकारीले मौद्रिक नीतिको समीक्षा शुक्रबार आउने बताएका हुन् ।

समयमै मौद्रिक नीतिको समीक्षा सार्वजनिक नहुँदा राष्ट्र बैंकले कस्तो नीतिगत मार्गदर्शन गर्न खोजेको हो भन्ने विषयमा अलमल हुने राष्ट्र बैंककै अधिकारीले बताउँदै आएका छन् ।