Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

आईएमई लिमिटेड‘रेमिट्यान्स कम्पनी अफ द इयर–२०१६’ बाट सम्मानित

२०७३ कार्तिक २८ गते

dsc_8494आईएमई लिमिटेड सर्वोत्कृष्ट रेमिट्यान्स कम्पनी २०१६’ बाट सम्मानित भएको छ । अमेरिकाको क्यालिफोर्नियामा केन्द्रीय कार्यालय रहेको अन्तर्राष्ट्रिय परामर्शदाता संस्था फ्रोस्ट एण्ड सुलिभानले आयोजना गरेको कार्यक्रममा आईएमई लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक हेमराज ढकाल उक्त सम्मानबाट सम्मानित भएका हुन् । ‘विकास, अन्वेषण र नेतृत्व सम्मेलन–२०१६’ को समापनको अवसरमा गएको बुधबार काठमाडौंस्थित सोल्टी होटलमा आयोजित विशेष कार्यक्रममा उक्त सम्मान प्रदान गरिएको थियो  ।

सम्मान ग्रहणपछि कार्यक्रमलाई सम्बोधन गर्दै प्रवन्ध निर्देशक ढकालले ‘यो सम्मानबाटआईएमईलाई रेमिटेन्सको संस्थागत विकासमा अझै बढी जिम्मेवार बनाएको धारणा राखे । सम्मान ग्रहण कार्यक्रममा आईएमईका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलको समेत उपस्थिती रहेको थियो ।

व्यावसायीक क्षेत्रको प्रवद्र्धनमा उल्लेखनीय भूमिका निर्वाह गरेवापत फ्रोस्र्टएण्ड सुलिभानले विश्वका उत्कृष्ट कम्पनी तथा व्यावसायीक फर्मलाई यस्तो सम्मानबाट सम्मानित गर्दै आएको छ । 

आईएमई लिमिटेडले सेवा शुभारम्भको १६औँ वर्षसम्ममा नेपालका शहरी तथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी ७५ जिल्लाका ५,२००सयभन्दा बढी सव–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् विदेशमा कार्यरत नेपालीहरुले कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आईरहेको छ ।