November 11th, 2016

लुम्बिनीमा सुरु भयो ‘वित्तीय जागरण अभियान’

d52a2273मिडिया इन्टरनेशनलको आयोजनामा वित्तीय जागरण राष्ट्रिय अभियान शुक्रबारदेखि सुरु भएको छ । गभर्नर डा. चिरंजीबि नेपालले पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गरेका छन् । बुद्धको जन्मस्थल लुम्बिनीस्थित रुद्रपुरस्थित ज्ञान निकेतन उच्च माविमा उक्त अभियानको समुद्घाटन गरिएको हो ।

d52a2587उद्घाटन कार्यक्रममा बोल्दै गभर्नर डा चिरंजीबि नेपालले यो कार्यक्रमबाट वित्तीय जानकारी लिई बैंक तथा वित्तीय संस्थाबाटै कारोबार गर्न कार्यक्रममा सहभागी सर्वसाधारणलाई आह्वान गरे । उनले भने, ‘हरेक मानिसले पैसा चिन्नुपर्छ । समृद्ध र सम्पन्न बन्नका लागि पैसा चिन्नु जरुरी छ ।’ 

d52a2813नेपाल बैंकर्स संघका उपाध्यक्ष अनिल केशरी शाहले बैंक तथा वित्तीय संस्थाहरुले ग्रामिण भेगसम्म आफ्नो व्यवसाय विस्तार गर्नुपर्ने बताए । उनले भने, अब बैंकहरुले हिम्मत गरेरै गाउँ छिर्नुपर्छ ।’

कार्यक्रममा विकास बैंकर्स संघका उपाध्यक्ष प्रकाश पौडेलले नेपाल जस्तो मुलुकमा वित्तीय साक्षरता कार्यक्रम अत्यन्तै आवश्यक रहेको औँल्याए । साथै, उनले यस्तो अत्यावश्यकीय कार्यक्रमको आयोजना गरेकोमा मिडिया इन्टरनेशनलप्रति ऐक्यबद्धता जनाए ।

त्यस्तै, कार्यक्रममा अन्य वक्ताहरुले मिडिया इन्टरनेशनलले आयोजना गरेको यस कार्यक्रमले वित्तीय साक्षरता विस्तारमा ठूलो भूमिका खेल्ने बताए । यस्ता कार्यक्रमहरु आगामी दिनमा पनि गर्दै जानुपर्ने र बैंक तथा वित्तीय संस्थाहरुले यस्ता कार्यक्रमलाई साथ दिनुपर्नेमा उनीहरुको जोड थियो । 

d52a2476कार्यक्रममा नेपाल राष्ट्र बैंक भैरहवा शाखाका निर्देशक रेवति प्रसाद नेपाल, अष्ट्रिच नेपालका अध्यक्ष सिपी शर्मा लगायतका व्यक्तित्वहरुको उपस्थिती रहेको थियो । भण्डै ५ हजार जना सर्वसाधारण उक्त कार्यक्रममा सहभागी भएको आयोजक पक्षले जनाएको छ ।

d52a2658