Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

उन्नति सहकार्य लघुवित्तको एफपीओ बाँडफाँड, यी ३ तरिकाबाट हेर्न सकिने

२०८० मंसिर ८ गते

बैंकिङ खबर/ उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको एफपीओ बाँडफाँड सम्पन्न भएको छ। बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले आज एफपीओ बाँडफाँड गरेको हो।

क्यापिटलका अनुसार एफपीओमा कुल १० लाख ७२ हजार ७ सय ६८ जनाको आवेदन परेको थियो । ३२५ जनाको आवेदन अयोग्य रहेकोले योग्य रहेका १० लाख ७२ हजार ४ सय ४३ जनालाई गोलाप्रथामा सहभागी गराएर शेयर बाँडफाँड गरिएको छ । जसअनुसार १७ हजार ८ सय ४५ जनाले शेयर पाएका छन् । यी मध्ये १ जनाले ११ कित्ता शेयर , एक जनाले १०.१८ कित्ता शेयर र बाँकिले १० कित्ताको दरले शेयर पाएका छन् ।

कम्पनीले कार्तिक २१ देखि कार्तिक २४ गतेसम्म थप सार्वजनिक निष्काशन बिक्री खुला गरेको थियो । लघुवित्तले प्रति कित्ता १०० रुपैयाँको दरले १ लाख ७८ हजार ४ सय ५१ दशमलव १८ कित्ता एफपीओ निष्काशन गरेको हो । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पूँजी संरचना ३० प्रतिशत कायम गर्न लघुवित्तले एफपीओ निष्काशन गरेको थियो ।

साविकको उन्नति लघुवित्त र सहकार्य लघुवित्त गाभिएपश्चात बनेको उन्नति सहकार्य लघुवित्तको पूँजी संरचना संस्थापक समूहको ७५.४५ प्रतिशत र सर्वसाधारणको २४.५५ प्रतिशत रहेको थियो। सोही पूँजी संरचना ऐन अनुसार कायम गर्न लघुवित्तले एफपीओ जारी गरेको हो ।
यी ३ तरिकाबाट हेर्न सकिने
नतिजा प्रकाशन भएपछि विभिन्न ३ तरिकाबाट नतिजा हेर्न सकिने छ ।

जस अनुसार बिक्रि प्रबन्धक सिद्धार्थ क्यापिटलको वेबसाइट www.siddharthacapital.com सिडीएससीको मेरो शेयरको वेबसाइट meroshare.cdsc.com.np/#/login सिडीएसले आइपीओको लागि संचालन गरेको वेबसाइट iporesult.cdsc.com.np/ बाट हेर्न सकिने छ ।