Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

८० प्रतिशत हकप्रद सेयर निष्काशन गर्दै सगरमाथा फाइनान्स, सेबोनले दियो अनुमति

२०७३ कार्तिक २६ गते

sagarmathaसगरमाथा फाइनान्सले असी प्रतिशत अर्थात (१०ः८) को अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने भएको छ । यसका लागि कम्पनीले यसै साता धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित दरका २९ करोड ५४ लाख रुपैयाँ बराबरको २९ लाख ५४ हजार ३९० कित्ता शेयर निस्काशन गर्न लागेको हो । कम्पनीले एनआइबिएल क्यापिटललाई निस्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

हाल कम्पनीको ३१ करोड रुपैयाँ ८७ लाख रुपैयाँ चुक्तापूँजी रहेको छ । हकप्रद पश्चात कम्पनीको चुक्तापूँजी ६० करोड रुपैयाँ नाघ्नेछ ।

ललितपुरको मानभवनमा केन्द्रिय कार्यालय रहेको यस संस्थाले देशका विभिन्न स्थानमा रहेका १० वटा शाखा कार्यालयहरुबाट आफ्नो सेवाग्राहीहरुलाई वित्तीय सेवा प्रदान गर्दै आईरहेको छ ।