Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

सहकारी ठगीका मुद्दा अब अदालतमा मिलापत्र

२०८० मंसिर ६ गते


बैंकिङ खबर/बचतकर्ताको पैसा फिर्ता भएमा सहकारी ठगीका मुद्दा अदालतमा मिलापत्र हुने भएको छ । उजुरीकर्ता निवेदक र प्रतिवादी पक्षबीच सहमति भएमा मुद्दामा मिलापत्र गर्न सकिने निर्णय महान्यायाधिवक्ता कार्यालयले गरेको छ ।

सहकारी ठगीका मुद्दामा यसअघि मिलापत्र नहुने प्रावधान थियो । सर्वाेच्च अदालतको फैसलालाई टेकेर महान्यायाधिवक्ता कार्यालयले मिलापत्र गर्न थालेको हो । यसले पीडितले छिटो न्याय पाउने महान्याधिवक्ता कार्यालयले जनाएको छ ।

स्वतन्त्र शान्ति बचत तथा ऋण सहकारीका सञ्चालक विनोद थापाले दायर गरेको रिटमा सर्वाेच्च अदालतले मिलापत्र गर्न ५ पुस २०७९ मा परमादेश दिएको थियो । निक्षेपकर्ताको पैसा फिर्ता गर्न नसकेपछि प्रहरीले थापालाई पक्राउ गरी सहकारी ठगी मुद्दा दायर गरेकोमा उनी पुर्पक्षका लागि थुनामा गएका थिए । पछि उजुरी दिने निक्षेपकर्ता र उनीबीच मिलापत्र भएको थियो ।

जसअनुसार उनले मिलापत्रका लागि अदालतमा निवेदन दिएकोमा मिलापत्र गर्न नमिल्ने निर्णय भएको थियो । त्यसउपर उनी सर्वाेच्च गएकोमा न्यायाधीशद्वय अनिलकुमार सिन्हा र सपना प्रधान मल्लको इजलासले मिलापत्र गर्न परमादेश दिएको थियो ।
सोही फैसलाका लागि सहकारी ठगी मुद्दामा मिलापत्र गर्न मिल्ने÷नमिल्ने विषयमा गत ४ साउनमा महान्यायाधिवक्ता कार्यालयले एक समिति गठन गरेको थियो । समितिले पनि मिलापत्र गर्न मिल्ने सिफारिस गरेपछि मिलापत्र हुन थालेको हो ।