Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

एनबि इन्स्योरेन्सले शतप्रतिशत हकप्रद दिने, मंसिर १७ गते साधारणसभा

२०७३ कार्तिक २६ गते

nbएनबि इन्स्योरेन्स कम्पनीले लिमिटेडले शतप्रतिशत अर्थात एक बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीको गत सोमबार बसेको सञ्चालक समितिको बैठकले आफ्ना सेयरधनीका लागि हाल कायम चुक्तापुँजीको शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव अघि सारेको हो । प्रस्तावित हकप्रद सेयर पारित गर्नका लागि कम्पनीले आगामी मंसिर १७ गते साधारणसभा बस्दैछ ।

हाल एनबि इन्स्योरेन्सको चुक्तापुँजी २७ करोड रुपैयाँ रहेको छ । हकप्रद जारी गरेपछि कम्पनीको पुँजी ५४ करोड रुपैयाँ पुग्नेछ ।