November 21st, 2023

ग्लोबल आइएमई बैंकः सामाजिक उत्तरदायित्व बहनमा पनि त्यतिकै अब्बल

बैंकिङ खबर/ बैंक तथा वित्तीय संस्था अर्थतन्त्रमा वित्तीय मध्यस्थता सेवा प्रदान गर्ने उद्देश्यले स्थापना भएको हुँदा मुलुकको दिगो विकासमा यी संस्थाको महत्वपूर्ण भूमिका रहने गर्दछ ।

मानवीय, सामाजिक र बाह्य वातावरणको संरक्षण हुन सकेमा मात्र वित्तीय क्षेत्र प्रति सर्वसाधारणको विश्वसनीयता अभिवृद्धि हुने, वित्तीय स्थायित्व कायम हुने र संस्थाहरु अविच्छिन्न रुपमा दीर्घकालसम्म सञ्चालन गर्न सहज हुने हुन्छ । वित्तीय संस्थाले आफ्ना सबै सरोकारवालाको हित संरक्षणमा समेत पर्याप्त ध्यान दिनुपर्ने भएकोले मुलुक र समाजप्रति संस्थाको उत्तरदायित्व रहने गर्दछ ।

सामाजिक तथा बाह्य वातावरणलाई अझ स्वच्छ, समावेशी, दिगो बनाई भावी पुस्ताको लागि समेत बस्न योग्य तुल्याउने कर्तब्य सरकार, सामाजिक अभियन्ता र समाजमा रहेका प्रत्येक नागरिकको भए जस्तै समाजमा स्थापित बैंक तथा वित्तीय संस्थाको त्यतिकै कर्तव्य र दायित्व  हुन आउँछ । समाज र मुलुक प्रतिको सामाजिक उत्तरदायित्व पूरा गर्न हरेक बैंक तथा वित्तीय संस्थाले शिक्षा, स्वास्थ्य, वित्तीय साक्षरता, वित्तीय पहुँच साथै पिछडिएका वर्गको उत्थानमा योगदान गर्नुपर्ने हुन्छ ।

यहि उद्देश्य अनुरुप नेपालमा स्थापना भएका निजी स्तरका वाणिज्य बैंकहरुमध्येको एक ठूलो बैंक ग्लोबल आइएमई बैंकले सामाजिक उत्तरदायित्व बहनमा आफूलाई त्यतिकै अब्बल तुल्याएको छ ।

यहि समाजमा बैंकको स्थापना भएको हुन्छ । बैंक तथा वित्तीय संस्थालाई हुर्काउन,बढाउन समाजको महत्वपूर्ण भूमिका रहन्छ । ग्लोबल आइएमई बैंकलाई पनि हुर्काउन, बढाउन यस समाजले महत्वपूर्ण भूमिका खेल्यो र अहिले आफूलाई हरेक क्षेत्रमा अब्बल बनाएको छ । ग्राहकको साथ र सहयोगले अग्र स्थानमा रहेको यस बैंकले सामाजिक उत्तरदायित्व वहनमा पनि आफूलाई बढाउँदै लगेको छ ।

यहि समाजमा हुर्किएको यस बैंकले समाजमा सामाजिक उत्तरदायित्व वहन गर्नुपर्छ, केहि पैसा सामाजिक क्षेत्रमा सहयोग गर्नुपर्छ भनेर आफुले आर्जन गरेको केहि रकमबाट सरकारसँग हातेमालो गर्दै अगाडि बढिरहेको छ ।

देशमा प्राकृतिक विपत्ती होस् वा अन्य सामाजिक क्षेत्रमा यस बैंकले सहयोग गर्दै आएको छ ।  हालै मात्र बैंकले जाजरकोट भूकम्प पीडितलाई सहयोग गरेर केहि भएपनि पीडितलाई मल्हम लगाउने काम गरेको छ ।

आईएमई ग्रुप तथा ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले जाजरकोट, रुकुम पश्चिम लगायतका जिल्लाका भूकम्प प्रभावितहरूको लागि १ करोड ५० लाखको चेक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई हस्तान्तरण गरेका छन् ।

संस्थाको भूमिका अनुसार बैंकले जस्तोसुकै परिस्थितिमा पनि त्यस स्थानमा रहेर आफ्ना सेवा सुविधाहरु प्रदान गरिरहेको छ । यसअघि २०७२ साल वैशाखमा गएको महाभूकम्पमा पनि बैंकले डेढ करोड रुपैयाँ सहयोग गरेको थियो । यसरी ग्लोबल आईएमई बैंक मुलुकमा हुने विपद र हरेक समयमा सहयोगका लागि अग्रसर हुँदै आएको छ ।

यस्तै बैंकले २०७५ सालमा बारा र पर्सामा आएको हुरीबाट प्रभावितलाई राहत सामग्री वितरण, गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण, सप्तकोशी बहुमुखी क्याम्पसको भवन निर्माणको लागि पनि सहयोग गरेको थियो ।

यस्तै बैंकले महिला सशक्तीकरण अन्तर्गत  देशव्यापीरुपमा मेरी उनीलाई स्वस्थ नारी पहल अभियान सञ्चालन गर्दै आएको छ । यस अन्तर्गत बैंकले सबै प्रदेश समेट्ने गरी सप्ताहव्यापीरुपमा निःशुल्क महिला स्वास्थ्य शिविर सञ्चालन गर्ने गरेको छ ।

बैंकले विगतमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मेरुदण्डीय पक्षघात समूह नेपाललाई सहयोग गरेको थियो । आर्थिक वर्ष २०७८–०७९ मा हिन्दूहरुको पवित्रस्थल पशुपति परिसरको होमो डायलासिस सेन्टरलाई  किड्नी डायलासिस मेसिन खरिद गर्न, प्रसिद्ध हाँस्य कलाकारद्धय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य समेतको भूमिका रहेको लागुऔषधविरुद्ध जनचेतना सम्बन्धी भिडियो (छोटो फिल्म) निर्माण गर्न एवं प्रसिद्ध चिकित्सक डा. भगवान कोइरालाको नेतृत्वमा निर्माण हुन लागेको बालबालिका सम्बन्धी अस्पताल भवन निर्माणका लागि सक्दो आर्थिक सहयोग गरेको थियो ।

यसरी ग्लोबल आइएमई बैंकले स्थापना कालदेखि नै सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर स्वास्थ्य, शिक्षा, मानवीय सहयोग तथा राहत,विश्व सम्पदा, वातावरण, वित्तीय साक्षरता जस्ता क्षेत्रमा विभिन्न कामहरु गर्दै आएको छ ।

मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक ग्लोबल आइएमई बैंकले ३५२ शाखा, ३७५ एटीएम, २७४ शाखारहित बैंकिङ्ग सेवा, ६६ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १,१०० भन्दा बढी सेवा केन्द्रबाट ४५ लाख भन्दा बढी ग्राहकहरुमाझ सेवा प्रदान गरिरहेको छ ।

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]