Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

ग्लोबल आइएमई बैंकले १ प्रतिशत बोनस दिने

२०८० कार्तिक १९ गते

बैंकिङ खबर/ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई ९ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।

बैंकको कात्तिक १९ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट १ प्रतिशत बोनस सेयर र ८ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतपछि बैंकको आगामी १७औं वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीहरूले पाउनेछन्।

गत वर्ष बैंकले ३ प्रतिशत बोनस सेयर र १०.६ प्रतिशत नगद गरी कुल १३.६ प्रतिशत लाभांश दिएको थियो। गत वर्षको तुलनामा कम्पनीले लाभांश दर घटाएको छ।