Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

ओटीसी बजारमा तीन महिनामा १ अर्ब ७१ करोडको सेयर कारोबार(सूचीसहित)

२०८० कार्तिक १४ गते

बैंकिङ खबर/ओभर दी काउन्टर (ओटीसी) मार्केटबाट पहिलो त्रैमासमा कुल १ अर्ब ७१ करोड ६ लाख ६८ हजार ७४० रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । विभिन्न २३ कम्पनीका कुल १ करोड ३६ लाख ७२ हजार १२० कित्ता सेयर कारोबार भएको नेप्सेले जनाएको छ ।

ओटीसी बजारमा पहिलो त्रैमासमा कारोबार भएका कम्पनीमध्ये वर्ल्डलिंकको सेयर मूल्य सबैभन्दा धेरै प्रतिकित्ता ९ हजार ३७५ रुपैयाँ छ । ओटीसी बजारमा कारोबार भएका अन्य कम्पनीमा हिम रिभर पावर, आईएमई डिजिटल सोलुसन, नेपाल क्यान्सर हस्पिटल, मुक्तिनाथ कृषि कम्पनी, एभरेस्ट हस्पिटालिटी, बीओके क्यापिटल, याम्बलिङ हाइड्रोपावर, गर्जाङ उपत्यका पावर छ ।

त्यस्तै जनज्योति एजुकेसन फाउन्डेसन, अपोलो हाइड्रोपावर, इलेक्ट्रोपावर, सोपान मल्टिपल, आभासार इक्विटी, बन्दीपुर केबलकार, अन्नपूर्ण केवलकार, भरतपुर सामुदायिक हस्पिटल, चण्डेश्वरी महादेवखोला, लक्ष्मी स्टिल, गरिमा क्यापिटल, चार्टर्ड क्यापिटल, बरुण इन्भेस्टमेन्ट र काठमाण्डु मेडिकल कलेजको सेयर ओटीसी बजारमा कारोबार भएको छ ।