Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

योग्य संस्थागत लगानीकर्ताहरुलाई दर्ता तथा वार्षिक नवीकरण शुल्क बुझाउन नेप्सेको निर्देशन

२०८० कार्तिक १४ गते

बैंकिङ खबर/नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले योग्य संस्थागत लगानीकर्ताहरुको दर्ता तथा वार्षिक नवीकरण शुल्क बुझाउन निर्देशन दिएको छ । नेप्सेले बुक विल्डिङ विधि मार्फत् गरिने निष्कासनमा शिलबन्दी बोलकबोल सञ्चालनमा सहभागी हुन नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त योग्य संस्थागत लगानीकर्ताहरुलाई दर्ता तथा नवीकरण शुल्क बुझाउन भनेको हो ।

नेप्सेले नयाँ दर्ता हुने योग्य संस्थागत लगानीकर्ताहरुका लागि दर्ता शुल्क १० हजार रुपैयाँ र यसअघि दर्ता भइसकेका योग्य संस्थागत लगानीकर्ताहरुका लागि नवीकरणवापत ५ हजार रुपैयाँ तोकेको छ । संस्थागत लगानीकर्ताहरुले ग्लोबल आइएमई बैंक कमलादीमा रहेको नेप्सेको बैंक खातामा तोकिएको शुल्क बुझाउन सक्ने जनाइएको छ ।

बुक विल्डिङ्ग विधिमार्फत धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन गर्दा योग्य संस्थागत लगानीकर्ताबाट खरीद आशय मूल्य प्राप्त गर्नुपर्ने व्यवस्था छ । जहाँ खरीद आशय मूल्यको आधारमा धितोपत्रको बिक्री मूल्य सीमा निर्धारण गरी योग्य संस्थागत लगानीकर्तालाई निष्कासित धितोपत्रको ४० प्रतिशत र सर्वसाधारण लगानीकर्ताको लागि ६० प्रतिशत धितोपत्र निष्कासन गर्नुपर्ने हुन्छ ।