Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

कुमारी बैंकको ऋणपत्रमा आवेदन दिन म्याद थप

२०८० कार्तिक १२ गते

बैंकिङ खबर/कुमारी बैंकको ऋणपत्रमा आवेदन दिने म्याद थपिएको छ । बैंकले गत कात्तिक २ गतेबाट ५ अर्ब रुपैयाँबराबरको ऋणपत्र बिक्री खुला गरेको थियो। यो ऋणपत्रमा निष्कासन बन्द छिटोमा आज कात्तिक १२ गते हुने भनिएको थियो। तर, मागबमोजिम आवेदन नपरेका कारण अब यो ऋणपत्रमा कात्तिक १६ गतेसम्म आवेदन दिन सकिनेछ।

यो अवधिभित्र मागबमोजिम आवेदन परेको खण्डमा कुनै पनि दिन सूचना प्रकाशित गरी निष्कासन बन्द गरिने ऋणपत्र बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङले जनाएको छ।

कुमारी बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ५० लाख इकाइ भएको ‘केबीएलएम डिबेन्चर २०९०’ नामक ऋणपत्र जारी गरेको हो। यो ऋणपत्र कुल इकाइमध्ये बैंकले ३० लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गरी बाँकी २० लाख इकाइ सर्वसाधारणका लागि जारी गरिएको छ।

यो ऋणपत्रमा लगानीकर्ताले न्यूनतममा २५ इकाइदेखि अधिकतममा ५ लाख इकाइसम्म खरिद आवेदन दिन सक्नेछन्। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरबाट खरिद आवेदन दिन सक्नेछन्। कुमारी बैंकको यो १० वर्षे अवधिको ऋणपत्र हो। यसमा लगानीकर्ताले वार्षिक १० प्रतिशत ब्याज पाउनेछन्।