
बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकका कर्मचारीको भत्तामा वृद्धि भएको छ । सञ्चालक समिति बैठकले भत्ता बढाउने प्रस्तावलाई स्वीकृति दिएको हो । केन्द्रीय बैंकले भत्ता र दैनिक भ्रमण भत्ता समान १८.६ प्रतिशतले बढाइएको छ। यता अवकाश प्राप्त कर्मचारीले पाउँदै आएको औषधि खर्च १८ हजारबाट २४ हजार रुपैयाँ पुर्याइएको छ।
यसअघि केन्द्रीय बैंकले थुप्रै शिर्षकमा भत्ता दिँदै आएको थियो। जस्तै घर बहाल भत्ता, शिक्षा भत्ता जस्ता थुप्रै कसिमका भत्ता भए भनेर केन्द्रीय बैंकले एकमुस्ट भत्ता दिन थालेको छ। जुन भत्ता हरेक दुई वर्षमा बढाउने गरिएको छ।
अर्को तर्फ केन्द्रीय बैंकले आफ्ना कर्मचारीलाई विदेश जाँदा वा स्वदेशमा अन्य जिल्ला जाँदा समेत भत्ता उपलब्ध गराउँदै आएको छ। उसले दैनिक भत्ता भनेर दिने गरेको छ। त्यसमा पनि १८.६ प्रतिशतले नै वृद्धि गरिएको छ।
पूर्व कर्मचारीहरूको समेत भत्ता बढाइएको छ। अवकाश प्राप्त कर्मचारीले यस अघि सिटामोल खर्च भन्दै वार्षिक १८ हजार रुपैयाँ पाउँदै आएका थिए। जसलाई बढाएर २४ हजार रुपैयाँ रुपैयाँ पु¥याइएको छ।



