
बैंकिङ खबर/नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा बुधबार दुई जलविद्युत कम्पनीको सेयर सूचीकृत भएको छ । नेप्सेको असोज २३ गतेको निर्णय तथा धितोपत्र सूचीकरण नियमावली २०७४ बमोजिम बुधबार दुबै कम्पनीको सेयर सूचीकृत भएको हो ।
मिड सोलुले वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष, स्थानिय बासिन्दा, कर्मचारीहरु सहित सर्वसाधारणका लागि निष्काशन गरेको १४ लाख ९६ हजार ८०० कित्ता र संस्थापक सेयरधनीहरुले लगानी गरेको ५९ लाख ८७ हजार २०० कित्ता सेयर गरी कुल ७४ लाख ८४ हजार कित्ता सेयर यस दिन सूचीकृत भएको हो ।
यस्तै भगवती हाइड्रोपावरले वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष, स्थानिय बासिन्दा, कर्मचारीहरु सहित सर्वसाधारणका लागि निष्काशन गरेको १४ लाख ३० हजार १६२ कित्ता र संस्थापक सेयरधनीहरुले लगानी गरेको ४२ लाख ९० हजार ४८५ कित्ता सेयर गरी कुल ५७ लाख २० हजार ६४७ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।
नेप्सेले मिड सोलु हाइड्रोपावरलाई पहिलो कारोबारको लागि कम्पनीलाई १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ भने भगवती हाइड्रोपावरलाई पहिलो कारोबारको लागि १२० रुपैयाँ ४१ पैसादेखि ३६१ रुपैयाँ २३ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ ।
मिड सोलुलाई दोस्रो बजारमा कारोबारका लागि नेप्सेले एमएसएचएल र भगवती हाइड्रोपावरलाई बीजीडब्लुटी सिम्बोल प्रदान गरेको छ । बुधबार सूचीकृत भएका दुबै कम्पनीको धितोपत्र बिहीबारदेखि दोस्रो बजारमा कारोबारमा आउनेछन् ।




