Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

सोनापुर मिनरल्सको आइपिओ बाँडफाँट, यसरी हेर्नुहोस् नतिजा

२०८० आश्विन २४ गते

बैंकिङ खबर/सोनापुर मिनरल्स एन्ड आयलको आइपिओ आज (बुधबार) बाँडफाँट भएको छ। बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा गोलाप्रथामार्फत् १० लाख ३२ हजार १३२ जनाले १० कित्ताका दरले सेयर पाएका छन्।

बाँडफाँटपछि बाँकी रहेको ८ कित्ता सेयर भने सोही आवेदकहरूमध्ये ८ जनालाई १ कित्ताका दरले थप गरिएको छ। यसर्थ, १० लाख ३२ हजार १२४ जनाले १० कित्ता र ८ जनाले ११ कित्ताका दरले सेयर पाएका हुन्।

उक्त आइपिओमा कुल १० लाख ४७ हजार ४५९ जनाले आवेदन दिएकोमा १० लाख ४० हजार ७७० जनाको आवेदन मात्र योग्य भएको बिक्री प्रबन्धकले जानकारी दिएको छ।

कम्पनीले असोज १४ गतेदेखि १८ गतेसम्म उक्त आइपिओ बिक्रीमा ल्याएको थियो। लगानीकर्ताले बिक्री प्रबन्धकको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपिओको नतिजा हेर्न सक्नेछन्।

साथै, कम्पनीको वेबसाइट तथा सिडिएस एन्ड क्लियरिङको वेबसाइटबाट पनि नतिजा हेर्न सकिन्छ।